थप १३ करोड मानिसहरु भोकमरीको चपेटामा पर्ने: संयुक्त राष्ट्रसंघ

थप १३ करोड मानिसहरु भोकमरीको चपेटामा पर्ने: संयुक्त राष्ट्रसंघ

एजेन्सी ३० असार। सन् २०२० मा विश्वभर थप १३ करोड मानिसहरुले भोकमरीको सामना गर्नु पर्न सक्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।

गत वर्ष विश्वभर भोकमरीको सामना गर्ने मानिसको संख्या एक करोडले बढेको थियो । यस वर्ष भने त्यो संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने देखिएको हो ।

सोमबार राष्ट्रसंघका पाँच एजेन्सीले तयार पारेको खाद्य सुरक्षा र पौष्टिकताबारे सार्वजनिक वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदन अनुसार अहिले प्राप्त भएका आकलनका अनुसार यस वर्ष थप आठ करोड ३० लाखदेखि १३ करोड २० लाख मानिसहरुले कुपोषणको सामना गर्नुपर्ने छ ।

गत वर्ष विश्वभरका ६९ करोड मानिसको भोकमरीको सामना गरेका थिए । यो संख्या विश्वको समग्र जनसंख्याको करिब नौ प्रतिशत हो । अघिल्लो वर्षको तुलनामागत वर्ष भोकमरीको सामना गर्ने मानिसको संख्या एक करोडले बढेको हो । सन् २०१४ यता विश्वभर भोकमरीको सामना गर्ने मानिसको संख्या ६ करोड बढिसकेको छ ।



ट्रेन्डिङ