कृषि र पर्यटनमा लाग्ने कर सुदूरपश्चिम प्रदेश सरकारले मिनाहा गर्ने

कृषि र पर्यटनमा लाग्ने कर सुदूरपश्चिम प्रदेश सरकारले मिनाहा गर्ने

चितवन ३० असार। आर्थिक वर्ष २०७७/०७८ मा कृषि र पर्यटनमा लाग्ने कर सुदूरपश्चिम प्रदेश सरकारले मिनाहा गर्ने भएको छ।

कृषि र पर्यटनमा लाग्ने सबै कर मिनाहा गर्ने व्यवस्था आगामी आर्थिक वर्षको बजेटले गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बताए।‘कोरोना महामारीका कारण पर्यटन व्यवसायमा ठूलो क्षति पुगेकाले कर मिनाहा गर्नुपरेको हो’, उनले भने।

यस्तै, कृषिमा आत्मनिर्भर हुन र रोजगारी सृजना गर्न कर नलिने व्यवस्था गरिएको उनले बताए।आगामी वर्ष त्यो पनि मिनाहा हुने भएको छ।

उनले कृषि र पर्यटनसँगै घरजग्गा दर्ता/पास गर्ने, मालपोतमा लाग्ने शुल्क, यातायातमा लाग्ने कर, मनोरन्जनमा लाग्ने लगायतका प्रदेश सरकारले लगाउने करमा व्यापक कटौती गरेको बताए।

उनले कोभिड-१९ ले प्रभावित बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र सबै व्यवसायीलाई राहत पुग्ने गरी करमा हेरफेर गरिएको बताए।



ट्रेन्डिङ