थपिए १ सय १६ जना कोरोना संक्रमित, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

थपिए १ सय १६ जना कोरोना संक्रमित, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

काठमाडौं ३० असार। नेपालमा पछिल्लो २४ घन्टामा १ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् ।

गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।

कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ ।हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् ।



ट्रेन्डिङ