Banner News
बीरगञ्जमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

बीरगञ्ज ३० असार । बीरगञ्ज महानगरपालिकामा नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।
बीरगञ्ज महानगरपालिकामा वडा नम्बर-१९ निवासी एक बालक पर्साको तिलावे नदीमा पौडी खेल्दा बेपता भएका हुन्। तिलावे नदीमा आएको ठूलो पानीले बाढीको रुप लिएपछि मुकेश साह कल्वारका दस वर्षीय छोरा सुमित कुमारलाई बगाएको प्रहरीले जनाएको छ ।
खोजी कार्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरीका साथै स्थानीयहरु पनि लागेका छन।