प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी: कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी: कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

चितवन ३० असार। सरकारले नक्साअनुसार लिम्पियाधुरा सहितका भूमिमा हक कायम गर्न भारतसँग गम्भीर कूटनीतिक पहल थाल्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बताएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्यातर्फ ध्यान मोडेकोमा असन्तुष्टि जनाउँदै कांग्रेसले नक्सामा समावेश भूमिमा हक कायम गर्न कूटनीतिक पहल गर्नुपर्ने बताएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारी र कालापानीमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। ‘प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी,’ मंगलबार ट्वीट गर्दै शर्माले भनेका छन्, ‘हृदयमा छँदैछन् `राम´, चिन्ता राजु सदाहरूको गरौं। `अयोध्या´ तिर ध्यान नमोडौं, संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौं!’



ट्रेन्डिङ