सकियो ओली-प्रचण्डबीचको भेटवार्ता, बिहीबार फेरि छलफल हुने

सकियो ओली-प्रचण्डबीचको भेटवार्ता, बिहीबार फेरि छलफल हुने

काठमाडौँ ३० असार। नेकपाका दुई अध्यक्षबीच विवाद समाधानका लागि भन्दै आज भएको भेटवार्ता सकिएको छ । सहमतिको प्रयासका लागि भन्दै ६ दिनपछि मंलगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ । दुई अध्यक्षबीच बिहीबार फेरि छलफल हुने भएको छ ।

बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ ।

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि सहमतिको प्रयासका लागि भन्दै दुई अध्यक्षबीच छलफल हुँदै आएको हो ।



ट्रेन्डिङ