मेलम्ची खानेपानीको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता, दुई जना घाइते

मेलम्ची खानेपानीको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता, दुई जना घाइते

काठमाडौं ३० असार। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकका प्रहरी कार्यलयका अनुसार हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका छन्।

सुरुङमा पानी राखेर परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।

उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ । ‘ थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर बोलाइएको छ’ प्रहरी प्रमुख महर्जनले बताए । बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको छ



ट्रेन्डिङ