स्याङ्जामा पहिरो जाँदा एकको मृत्यु, तीन बेपत्ता

स्याङ्जामा पहिरो जाँदा एकको मृत्यु, तीन बेपत्ता

काठमाडौं ३० असार। आज(मंगलबार) बिहान स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पहिरो जाँदा एकजनाको ज्यान गएको छ ।

कालीगण्डकी गाउँपालिकाको वडा नं ४ मा पर्ने बिर्खाटार खहरेमा आएको पहिरोका कारण एक जनाको मृत्यु भएको र तीनजना बेपत्ता भएका छन् ।पहिरोमा परी दुईजना घाइते भएका छन् ।

खेतमा पानी लगाउन गएका ६ जना बिहान सवा ८ बजेतिर गएको पहिरोमा परेका थिए । घाइतेलाई उद्दार गरिसकिएको र बेपत्ताको खोजीकार्य जारी रहेको छ ।



ट्रेन्डिङ