आज अोली र प्रचण्ड बिच वार्ता हुने

आज अोली र प्रचण्ड बिच वार्ता हुने

काठमाडौं ३० असार। आज(मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता हुने भएको छ ।

गत बुधबारयता ओली प्रचण्डबीच वार्ता हुन सकेको छैन ।बाढी पहिरोका कारण एक साताका लागि बैठक स्थगित गरेर नेकपाले नेता कार्यकर्तालाई राहत तथा उद्धारमा केन्द्रीत रहन निर्देशन दिएको थियो ।

पार्टीको स्थायी समिति बैठकमा ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।जसले पार्टी नै विभाजनको संघारमा पुगेको भन्दै नेताहरुले दुई नेतालाई सम्बादमार्फत निकास खोज्न दवाव दिँदै आएका छन् ।

सोही अनुसार ओली र प्रचण्डबीच पटक पटक वान टु वान वार्ता भएपनि ओली कुनै हालतमा राजीनामा दिन तयार भएका छैनन् । बहुमत स्थायी समिति सदस्यको मागविपरित ओलीले अडान नछाडेपछि विवाद थप पेचिलो बन्दै आएको थियो ।



ट्रेन्डिङ