भारतमा कोरोना संक्रमित संख्या नौ लाख नाघ्यो

भारतमा कोरोना संक्रमित संख्या नौ लाख नाघ्यो

एजेन्सी ३० असार।पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसका २८ हजार ४९८ नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नौ लाख ६ हजार ७५२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ५५३ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि २३ हजार ७२७ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका पाँच लाख ७१ हजार ४६० कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।



ट्रेन्डिङ