नवलपरासीमा पहिरो खस्दा कार र ट्रक पुरियो,राजमार्ग अवरुद्व

नवलपरासीमा पहिरो खस्दा कार र ट्रक पुरियो,राजमार्ग अवरुद्व

नवलपरासी ३० असार। आज(मंगलबार) बिहानै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका अनुसार मन्दिर नजिकैको घिउखोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ।

पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएको प्रहरीले जनाएको छ।

कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।



ट्रेन्डिङ