राम भारतको आस्थाका प्रतीक भएकाले यसमा खेलवाड नगर्न ओलीलाइ भाजपाको चेतावनी

राम भारतको आस्थाका प्रतीक भएकाले यसमा खेलवाड नगर्न ओलीलाइ भाजपाको चेतावनी

काठमाडौं ३० असार। हिजो (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिलाइ लिएर भारतमा चर्को आलोचना भएको छ ।

भारत सरकारको नेतृत्वकर्ता दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि बताए ।

ओलीको आलोचना गर्दै शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’

भारतीय मिडियाहरुले ओलीको यस अभिव्यक्तिलाई राजनीतिक विवाद उक्साउने उद्देश्य भनेका छन् । भारतीय सन्चारमाध्यम पीटीआईले नेपालका प्रधानमन्त्री ओलीको भनाइ आश्चर्यजनक र स्तब्ध पार्ने खालको भनेको छ ।



ट्रेन्डिङ