राम नेपालकै हुन,अयोध्या पनि नेपालकै हो:प्रधानमन्त्री ओली

राम नेपालकै हुन,अयोध्या पनि नेपालकै हो:प्रधानमन्त्री ओली

काठमाडाैं २९ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्।

भारतले भुमि मात्र नभई नेपाल माथि सांस्कृतिक हिसाबले समेत अतिक्रमण गरेको बताएका हुन्।

ओलीका अनुसार भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको छ जसले गर्दा हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ।

हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले।’

अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्या भीषण विवाद छ है त्याँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन। अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यहि (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डित जी रिडीका। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन्।

त्यस समयमा अहिलेको जस्तो संचार सुविधा नभएको समयमा भारतले भनेको अयोध्याबाट बिवाहको लागि जनकपुरसम्म आउन सम्भव नरहेको उनको तर्क थियो।



ट्रेन्डिङ