थाङखोलामा आएको बाढीले सानोकली थाक्रेगैरे सिंचाई आयोजनामा क्षति, वस्ती डुबानमा – ( भिडियो सहित )

थाङखोलामा आएको बाढीले सानोकली थाक्रेगैरे सिंचाई आयोजनामा क्षति, वस्ती डुबानमा – ( भिडियो सहित )

पिविएम न्यूज
कालिका २९ असार । निरन्तर परेको वर्षाले कालिका नगरपालिका समेत प्रभावित भएको छ । कालिका नगरपालिकाका केहि वडा डुबानमा परेका छन् । यस्तै वडा नं. २ र ३ का लागि बनाइएको सानोकली थाक्रेगरै सिंचाई आयोजनामा समेत क्षति पुगेको छ । सिंचाईका लागि वडा नं. ३ स्थित थाङखोलामा बनाइएको साइफनमा क्षति पुगेको छ ।

साईपनको सुरक्षाका लागि लगाइएको तारजाली बाढीले बगाएको छ । थाङखोलामा बनाइएको साईपनको माथीबाट पानी जानुपर्नेमा पानी तलबाट बग्न थालेको छ । यो सिंचाई आयोजनाले वडा नं. २ र ३ का स्थानीयले धानखेती गर्दै आएका छन् । पदमपुर पानीको अभावका कारण सुख्खाभूमीलाई सिंचित गर्दै आएको थियो । यस्तै थाङखोलामा आएको बाढीले मानविय वस्तीतर्फ कडान गरिरहेको छ ।

ठाउँठाउँमा लगाइएको तारजालीहरु समेत भत्कीएको छ । थाङखोलालाई बेलैमा व्यवस्थापन गर्न सकिएन भने वडा नं. १ देखि ७ नम्बर वडा सम्म डुवान र कडानको समस्या आउने सम्भावना छ । सिंचाईका लागि बनाइएको साइपनक्षेत्रलाई बलियो बनाउन सकिएन भने त्यहाँदेखि पश्चिम खगेरी खोला सम्म नै यसले समस्या ल्याउन सक्ने हुँदा यसतर्फ ध्यान दिन सरोकारवालाहरुलाई स्थानीयले आग्रह गरेका छन् ।

वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजालले थाङखोलाका कारण सिंगो पदमपुर असुरक्षित बन्दै गएको बताए । यसलाई रोकथाम र नियन्त्रणको विषयमा नगरस्तरिय विपद् व्यवस्थापन समितिको बैठकमा छलफल हुने बताए ।

 



ट्रेन्डिङ