समाचारको प्रभावः नेपाल – जापान फ्रेन्डसिप लायन्स क्लबले अपाङ्ग बालकालिकालाई आर्थिक सहयोग दियो

समाचारको प्रभावः नेपाल – जापान फ्रेन्डसिप लायन्स क्लबले अपाङ्ग बालकालिकालाई आर्थिक सहयोग दियो

पिविएम न्यूज –
कालिका २९ असार । कालिका नगरपालिकाको वडा नं.३ का दुईजना अपाङ्ग बालबालिकालाई नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबले आर्थिक सहयोग गरेको छ ।  जारी लक डाउनको अवधिमा पत्रकार सन्तकुमार चौधरीले वडा न. ३ मा ११ वर्षकी बालिकालाई अभिभावकले डोरी बाँधेर रेखदेख गर्ने गर्दै आएको समाचार लेखेपछि जापानमा रहेका स्थानीय सुरज बनले ति बालिकाको बारेमा चासो देखाएका थिए ।  राहत वितरणको रिपोटीङको क्रममा पत्रकार चौधरी बासुदेवको घर पुगेका थिए ।

स्थानीय बासुदेव रेग्मीकी ११ वर्षकी छोरी ( सुवास्ना ) मानसिक विरामी छिन् । के गर्न हुन्छ के गर्नुहुँदैन भन्ने हेक्का नभएकी छोरी घर छाडेर हिड्ने गरेका कारण डोरीले बाँधेर राखेको पाँचवर्ष भयो । यता सुवास्नाको बुबा बासुदेव पनि प्रेसरले हानेर अपाड्ड छन् । आर्थिक अभावले उपचार गर्न नसकेको समाचार सार्वजनिक भएपछि जापानमा बस्दै आएको सुरज बनले सुवास्नाको परिवारको लागि आर्थिक संकलन गर्न थाले । उनले नेपाल – जापान प्रेन्डसिप लायन्स क्लब मार्फत केहि आर्थिक संकलन पठाउने योजना बनायो ।

क्बले लायन्स क्बल अफ कालिका पदमपुरको रोहबरमा उक्त रकम सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न स्थानीय आर्दश टोल विकास संस्थालाई भनेको थियो । टोल विकास संस्थाले बासुदेव रेग्मीको छोरी जस्तै टोलमा अर्का एकजना बालक पनि शारीरिक अपाङ्ग भएको क्लबलाई जानकारी गरायो । क्लबले अर्को अपाङ्ग बालक बसन्त बोटको परिवारलाई पनि केहि आर्थिक सहयोग गर्ने गरी पुन आर्थिक सहयोग संकलन गरेर ७० हजार रुपैयाँ पठायो ।
क्लबले पठाएको रकम स्थानीय आर्दश टोल विकास संस्थाले एक कार्यक्रमको नै आयोजना गरेर स्थानीय परदेशी बोटेको छोरा र बासुदेव रेग्मीको छोरीको परिवारलाई सो रकम हस्तान्तरण गरे । बासुदेव रेग्मीको छोरीलाई ४० हजार रुपैयाँ र प्रदेशी बोटको छोरालाई उपचार खर्च भनेर ३० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष टिकाराज रिजालले दुवै अपाङ्ग बालबालिकाको परिवारलाई आर्थिक सहयोग गरेर मानवियता देखाएको भन्दै सहयोगगर्ने क्लबलाई हार्दिक धन्यवाद दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष रिजालले सामाजिक संजाल र समाचारको महत्व बुझ्न सके यसले धेरै परिवर्तन ल्याउन सक्ने बताए । जापानमा रहेर पनि आफ्नो मातृभूमीमा बस्ने दिनदुखीहरुका लागि पठाएको सहयोगले समाज रुपान्तरणमा ठूलो अर्थ राख्ने भन्दै सहयोगी सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा लायन्स क्लब रिजन प्रमुख भीष्म खनालले यस्ता खालका रचनात्मक कामको अरुले पनि सिको गर्नुपर्ने बताए । रिजन प्रमुख खनालले यस्तै खालको मानविय सहयोग र रचात्मक कामका लागि संसारभर लायन्स क्लबहरु स्थापना हुँदे गएको बताए । उनले लायन्स क्लब कालिका पदमपुरले पनि विभिन्न खालको सामाजिक कार्यहरु गर्दै आएको जानकारी दिए । कार्यक्रममा लायन्स क्बल कालिका पदमपुरका अध्यक्ष डा. हरिप्रसाद कंडेलले पत्रकार सन्तकुमार चौधरीको न्यूजले सबैको ध्यान केन्द्रीत गरेको बताए । यो रकमले यि बालबालिकाहरुको उपचारमा कोसेढुंगा सावित हुने बताए । यस्ताखालको कामले सामाजिक संस्कार जर्गेना गर्न सहयोग पुग्ने बताए । विदेशमा बसेर आफ्नो गाँसकाटेर मातृभूमिमा देखिएको समस्यालाई सामाधान गर्ने पठाएको सहयोगले अरु धेरै युवाहरुलाई समाजप्रतिको उत्तरदायित्वको पाठ पढाइरहेको बताए ।

टोल विकास संस्थाका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा लायन्स क्लब रिजन प्रमुख भीष्म खनाल, लायन्स क्लब कालिका पदमपुरका अध्यक्ष डा. हरिप्रसाद कंडेल, नेपाल – जापान फ्रेन्ससिप लायन्स क्लबका नेपाल कोडिनेटर दिलिप लामिछाने, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दिवस पाण्डे, नेकपा वडा अध्यक्ष हरिप्रसाद अधिकारी, नेपाली काँग्रेस वडा प्रतिनिधि तुलसी चौधरी, नेपाल – जापान प्रेन्डसिप लायन्स क्लबका पूर्व अध्यक्ष ज्योतिक केसी लगायतले बोलेका थिए । क्बलका पूर्व अध्यक्ष केसीले भर्चुअल ( अनलाईन ) मार्फत नै मन्तव्य राखेका थिए ।

भिडियोको अन्तिम तिर बासुदेव रेग्मी र उनको छोरी सुवास्नाको अवस्था देख्न सकिन्छ । भिडियो पुरै हेर्नुहोला । राहत वितरणको भिडियो भने भोली मात्रै सार्वजनिक गर्नेछौं ।



ट्रेन्डिङ