पुरानै भाडादरमा सेवा सुरु गर्दै सुन्दर यातायात

पुरानै भाडादरमा सेवा सुरु गर्दै सुन्दर यातायात

काठमाडौं २९ असार। सार्वजनिक सवारी साधन चलाउन सरकारले अनुमति दिए पनि व्यवसायीहरुले आफ्नो माग पुरा नभएसम्म नचलाउने अडान लिएका बिच सुन्दर यातायातका बसहरू भने काठमाडौं उपत्यकामा मंगलवारदेखि चल्ने भएका छन् ।

आइतवार एक विज्ञप्ति जारी गर्दै कम्पनीले मंगलवारदेखि काठमाडौं उपत्यकामा बस सञ्चालनमा ल्याउन लागेको बताएको हो ।

सरकारले सवारी भाडा ५० प्रतिशतसम्म बढि लिएर संचालन गर्न पाउने जनाएको थियो। तर कम्पनीले पुरानै भाडादरमा बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक यातायातले बढीमा ५० प्रतिशतसम्म भाडा वृद्धि गर्न सकिने व्यवस्था गरेपनि उसले भने पुरानै भाडादरमा यात्रा गराउने जनाएको हो ।

कम्पनीले कोभिड १९ महामारी भित्रनु पूर्व नै यात्रुहरूको ज्वरो जाँच गरेर यात्रा गराउने गरेको जनाउँदै अहिले पनि सुरक्षामा कुनै कमी हुन नदिने जनाएको  छ ।



ट्रेन्डिङ