कोहलपुर नगरपालिका कर्णाली प्रदेशमा मिसिने

कोहलपुर नगरपालिका कर्णाली प्रदेशमा मिसिने

बाँके २९ असार। हालै सम्पन्न कोहलपुर नगरपालिकाको नगरसभाले सर्वसम्मत रुपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको छ। बाँकेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो। कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो ।

नगरपालिकाका मेयर लुटबहादुर रावतका अनुसार कोहलपुरका लागि बुटवल वा दाङ टाढा र अपायक हुनुका साथै कर्णालीमा मिसिँदा यहाँका आदिवासी, जनजाति लगायत पिछडिएको वर्ग र समुदायले सुविधा र अवसर धेरै पाउने भएकाले नगरसभाबाट सर्वसम्मतरुपमा कर्णालीमा मिसिने निर्णय गरिएको हो।

मेयर रावतका अनुसार नगरपालिकाका झण्डै एक लाख जनताको पहिल्यैदेखिको माग थियो र यसपटक नगरसभाको वैठकबाट सर्वसम्मत निर्णय गरिएको हो ।

कर्णाली प्रदेशमा मिसिने लिखित निर्णयको प्रति माग्दा नगरप्रमुख रावतले निर्णयलाई अन्तिम रुप दिने र प्रमाणीकरण गर्न बाँकी रहेको प्रतिक्रिया दिए ।



ट्रेन्डिङ