आगामी ५ वर्षमा विश्वको औसत तापमान पूर्व–औद्योगिक औसतभन्दा १.५ डिग्री बढी रहने

आगामी ५ वर्षमा विश्वको औसत तापमान पूर्व–औद्योगिक औसतभन्दा १.५ डिग्री बढी  रहने

एजेन्सी २९ असार। आगामी पाँच वर्षमा विश्वको औसत तापमान पूर्व–औद्योगिक औसतभन्दा एक दशमलव ५ डिग्री बढी रहने सम्भावना २० प्रतिशत रहेको संयुक्त राष्ट्रसंघको मौसम एजेन्सीले बताएको छ ।

विश्वको औसत तापमान सीमित राख्ने सम्झौता अनुसार एक दशमलव ५ डिग्री सेल्सियसको सीमा तय गरिएको थियो। सन् २०१५ मा भएको पेरिस सम्झौतामा यो सम्झौता भएको थियो । वैज्ञानिकहरुका अनुसार विश्वभर अहिले नै विश्वको औसत तापमान सन् १८५०–१९०० को औसत तापमानको तुलनामा कम्तीमा एक डिग्री सेल्सियस बढी छ ।

वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसन (डब्ल्यूएमओ)का निर्देशक म्याक्स डिल्लेका अनुसार अहिले देखिएको नतिजाले सन् २०१५ मा भएको पेरिस सम्झौताअनुसारको नतिजा हासिल गर्ने मामिलामा हामीहरु कति नजिकै छौँ भन्ने कुरा देखाएको छ ।

बेलायतको मौसम कार्यालयले निर्देशित गरेको एक जलवायु आकलनका अनुसार यो पाँच वर्षमा विश्वको औसत तापमान पूर्व–औद्योगिक औसतभन्दा शून्य दशमलव ९१ देखि एक दशमलव ५९ डिग्री सेल्सियससम्म बढी हुन सक्छ। यसअघिका जलवायु मोडलहरु सही साबित भएका थिए । डब्ल्यूएमओका अनुसार अहिले विश्वको औसत तापमान बढिरहेको भए पनि सन् २०१५ को सम्झौता अनुसारको लक्ष्य हासिल गर्न असम्भव नै भने नरहेको बताएको छ ।



ट्रेन्डिङ