भारतको हस्तक्षेपको कारण तराई क्षेत्र डुवानमा पर्यो:गृहमन्त्री रामबहादुर थापा बादल

भारतको हस्तक्षेपको कारण तराई क्षेत्र डुवानमा पर्यो:गृहमन्त्री रामबहादुर थापा बादल

काठमाडौं २९ असार। गृहमन्त्री रामबहादुर थापा बादलले भारतले सीमासँग समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेको कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । गृहमन्त्री बादलले भारतले नेपालमाथि हस्तक्षेप गरेको बताएका छन्।

आज(सोमबार) प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताए ।मन्त्री थापाले भने, ‘नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दाखेरि हाम्रोमा डुबान भयो । सीमामा समानान्तर रूपमा भारतले सडक बनाउँदा तराई क्षेत्रमा डुबान हुने गरेको छ । नेपालमा हस्तक्षेप नै हो त्यो ।’

दुई देशबीच डुबानलाई लिएर प्रभावकारी कार्यान्वयन र काम नभएको मन्त्री थापाको भनाइ थियो । नेपालमा डुबान हुनबाट बचाउनका निम्ती भारतले निकास दिनुपर्ने उनको तर्क थियो।

समितिको छलफलमा सांसदहरूले भारतले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नेपालको सीमामा सडक निर्माण गरेर बर्खाको पानी निकास हुन नदिएको बताएका थिए । उनीहरूले भारतले सीमामा निर्माण गरेका बाँधका कारण पनि नेपाल डुबानमा परेको बताएका थिए ।समितिले भने त्यसरी निर्माण भएका संरचना हटाउनका लागि निर्देशन दिएको छ ।



ट्रेन्डिङ