विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख ७१ हजार ६८९

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख ७१ हजार ६८९

एजेन्सी २९ असार। विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । विश्वभर कोरोना संक्रमित को संख्या १ करोड ३० लाख ४२ हजार ३४० पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ ।

सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५१० जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १४१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९९५ जना कोरोना भाइरस संक्रमित भएका छन् भने १ लाख ३७ हजार ७८२ व्यक्तिको मृत्यु भइसकेको छ ।



ट्रेन्डिङ