Uncategorized
बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई पनि कोरोना संक्रमण

एजेन्सी २९ असार। ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएको देश बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
कोरोनाभाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन् ।
बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित भएका थिए भने अन्तरिम राष्ट्रपति पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा छन् ।
बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र १ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ ।