एसईईको नतिजा साउन १५ भित्र प्रकाशन हुने

एसईईको नतिजा  साउन १५ भित्र प्रकाशन हुने

चितवन २९ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १५ साउनभित्र प्रकाशन गर्ने गरी विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री गरेकाे छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेका अनुसार ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको छ।करिब ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको छ र ३० प्रतिशतको इन्ट्री गर्न बाँकी छ जुन बाँकीको केही दिनमा सकिन्छ।अहिले विद्यालयले जिल्ला शिक्षा समन्वय इकाइमा पठाएको नम्बर जिल्ला जिल्लाबाट इन्ट्री भइरहेको छ

जिल्ला जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री भए पनि विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले प्रमाणीकरण गरेको हार्ड कपि बोर्डमा आएपछि इन्ट्री गरेको नम्बर हार्ड कपिसँग मिले/नमिलेको रुजु गरिनेछ ।

सबै जिल्लाबाट हार्ड कपि आएपछि नतिजा सार्वजनिक गर्ने नियन्त्रक खकुरेलले बताए । ‘१५ साउन भित्र सार्वजनिक गर्ने तयारी गरेका छौँ । नम्बर इन्ट्री त भएको छ तर प्रमाणित हार्ड कपि आउन बाँकी छ । बर्खाका कारण दुर्गम जिल्लामा बाटो बन्द भएकाले हार्ड कपि ल्याउन समस्या भएको छ’, उनले भने ।



ट्रेन्डिङ