लकडाउन अवधिमा मात्र युएईमा ८९ जना नेपालीको मृत्यु

लकडाउन अवधिमा मात्र युएईमा ८९ जना नेपालीको मृत्यु

एजेन्सी २९ असार। लकडाउन अवधिमा मात्र युएईमा ८९ जना नेपालीको मृत्यु भएको छ । यो संख्या कोरोना संक्रमणका कारण युएईमा गरिएको लकडाउन अवधिको हो जुन करिब ४ महिना मात्र हो। युएईमा मार्च २२ देखि लकडाउन सुरु भएको थियो ।

यो अवधिमा कोरोना संक्रमबाट मात्रै २९ जना नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणले मृत्यु हुनेहरुमा एक महिला र २८ जना पुरुष रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोनासंक्रमणबाट मृत्यु भएका २९ र अन्य कारणले मृत्यु भएका गरी ४२ गरी ७१ जनाको शवको युएइमै अन्त्येष्टि गरिएको छ । दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवको यूएईमै अन्त्येष्टि गरिएको हो ।

बाँकी १८ शवमध्ये ११ जनाको नेपाल पठाइएको छ । ७ जनाको शव भने युएईको विभिन्न अस्पतालको शवगृहमा राखिएको छ ।



ट्रेन्डिङ