नेपाल प्रज्ञा प्रतिष्ठानले मोबाइल एपमा शब्दकोश ल्यायो

नेपाल प्रज्ञा प्रतिष्ठानले मोबाइल एपमा शब्दकोश ल्यायो

काठमाडौं २९ असार। भानुभक्तको २०७ औं जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले मोबाइल एपमा शब्दकोश ल्याएको छ । भानुभक्तको २०७ औं जन्मजयन्तीको अवसरमा मोबाइल एपमा पनि शब्दकोश ल्याएको हो।

सोमबार प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको मोबाइलमा एप डाउनलोड गरिदिएर एपको सुरुआत गरिएको छ । मन्त्री भट्टराईको मोबाइलमा इन्जिनियर श्रीष पाण्डेले शब्दकोशको एप डाउनलोड गरिदिएका थिए ।

हाल एपमा ६४ हजार शब्द रहेको प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए । चालु आर्थिक वर्षमा कम्तिमा डेढ लाख शब्द समेटेर प्रज्ञा वृहत नेपाली शब्दकोश निर्माण गरी सार्वजनिक गर्ने कुलपति उप्रेतीले बताए ।

नयाँ नेपाली शब्दकोश मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने कार्यक्रम छ ।



ट्रेन्डिङ