काठमाडौंमा मयूर यातायातले सुरु गर्यो यात्रु सेवा

काठमाडौंमा मयूर यातायातले सुरु गर्यो यात्रु सेवा

काठमाडौं २९ असार। काठमाडौंमा मयूर यातायातले यात्रु सेवा सुरु गरेको छ । कम्पनीका अध्यक्ष मोहन श्रेष्ठका अनुसार सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको छ।

ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो ।

अध्यक्ष श्रेष्ठका अनुसार कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।

‘गाडीको ब्याट्री राख्ने र मर्मतको काम भइरहेको छ,’ श्रेष्ले भने,’पर्सीसम्म हामी २०/२२ वटै बस निकालिसक्छौं ।’ कम्पनीसँग ४४ वटा बस छन् । तर, यात्रुको चाप कम भएकाले एकैपटक सबै सवारी निकाल्न नसकिने अध्यक्ष श्रेष्ठले बताए ।

मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।



ट्रेन्डिङ