जेलबाट छुटाई दिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

जेलबाट छुटाई दिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

बारा २९ असार। प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन्।

प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै केहि रकम माग गरेका साहले आफन्तसंग केहि रकम पनि लिगी सकेको खुल्न आएको र यसैको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार आफन्तसंग रकम लिगेको रेकर्ड प्रहरीले फेला परेको र येसैको आधारमा पक्राउ गरिएको हो।

पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता मिश्रको भनाइ छ।



ट्रेन्डिङ