अनुमति विना नै मक्का जानेलाई १० हजार साउदी रियाल जरीवाना

अनुमति विना नै मक्का जानेलाई १० हजार साउदी रियाल  जरीवाना

एजेन्सी २९ असार। कोरोना भाइरस (कोभिड–१९)  महामारीको कारण साउदी अरेबियाको गृह मन्त्रालयले अनुमति विना नै हज यात्राको लागि मक्का जाने मानिसहरुलाई १० हजार साउदी रियाल अर्थात् दुई हजार ६६६ अमेरिकी डलर जरीवाना लगाउने निर्णय गरेको छ ।

ले यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण हजयात्राको लागि मक्का आउने मानिसको संख्या समेत सीमित पारेको छ ।

साउदी अरेबियाको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो प्रतिबन्ध जुलाई १९ देखि २ अगष्टसम्म जारी रहनेछ । दोस्रोपटक पनि यो प्रतिबन्ध उल्लंघन गर्दा पक्राउ परेका मानिसलाई पाँच हजार ३३२ अमेरिकी डलर जरीवाना गरिनेछ ।

हजयात्राको क्रममा नियम पालना गराउन सुरक्षाकर्मीहरु सडक तथा बाटोमा परिचालन गरिनेछ । साउदी अरेबियाको प्रशासनले कोरोना भाइरसको महामारीको कारण हजयात्रामा आउने मानिसको संख्या १० हजारसम्ममा सीमित राख्ने निर्णय गरेको छ ।



ट्रेन्डिङ