फेरि भासियो नारायणगढ–मुग्लिन सडकखण्ड

फेरि भासियो नारायणगढ–मुग्लिन सडकखण्ड

चितवन २९ असार। अविरल वर्षाको कारण नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा सडक भासिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार १.५ फिट पिच सडक भासिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको हो ।

सडक भासिएपछि अहिले एकतर्फी बाटो संचालनमा रहेको उनले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन।



ट्रेन्डिङ