२४ घण्टामा भारतमा कोरोना भाइरसको कारण पाँच सयजनाको मृत्यु

२४ घण्टामा भारतमा कोरोना भाइरसको कारण पाँच सयजनाको मृत्यु

एजेन्सी २९ असार। पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण पाँच सयजनाको मृत्यु भएको छ।

यसैसंग भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २३ हजार १७४ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ७८ हजार २५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २८ हजार ७०१ नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म भारतमा पाँच लाख ५३ हजार ४७१ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।



ट्रेन्डिङ