अमेरिकामा कोरोना संक्रमितको संख्या ३३ लाख भन्दा बढि

अमेरिकामा कोरोना संक्रमितको संख्या ३३ लाख भन्दा बढि

एजेन्सीं २९ असार। अमेरिकामा आइतबार थप ४० हजारमा संक्रमण देखिएको छ भने ३ सय १२ जनाको मृत्यु भएको छ।

योसँगै संक्रमितको संख्या ३३ लाख १ हजार ८ सय २० पुगेको छ । अमेरिकामा हालसम्म १ लाख ३५ हजार १ सय ७१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ भने १० लाख ६ हजार ३ सय २६ जना निका भइसकेका छन्।

सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा संक्रमितको संख्या ४ लाख १ हजार ७ सय ६ पुगेको छ भने ३२ हजार ३ सय ५० जनाको मृत्यु भइसकेको छ।

यस्तै, क्यालिफोर्नियामा ३ लाख २४ हजार ३  सय ३२, फ्लोरिडामा २ लाख ६९ हजार ८ सय ११,टेक्सासमा २ लाख ६१ हजार ९ सय ३५  न्युजर्सीमा १ लाख ७५ हजार २ सय ९८ जना संक्रमित भएका छन्।



ट्रेन्डिङ