नेपालले पठायो भारतीय संचार माध्यमलाइ प्रोटेस्ट नोट

नेपालले पठायो भारतीय संचार माध्यमलाइ प्रोटेस्ट नोट

काठमाडौं २८ असार। पछिल्लो समय भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे भ्रामक र उच्छृङ्खल समाचारहरु प्रकाशन गर्दै आएको छ।

केहि दिन अगाडी मात्र पनि प्रधानमन्त्री के पी शर्मा ओली र चिनिया राजदुतको बारेमा झुटा र उच्छृङ्खल समाचार प्रसारण गरेको थियो जसका कारण नेपालमा भारतीय समचार च्यानेलहरुको प्रसारण रोकिएको छ।

नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।



ट्रेन्डिङ