PBM News
कोभिड १९ को खोपको क्लिनिकल परीक्षण सफल भएको रुसको दावी

एजेन्सी २८ असार। रुसको एक विश्वविद्यालयले कोभिड १९ का लागि खोपको क्लिनिकल परीक्षण सफल भएको दावी गरेको छ ।
खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको र यसको प्रयोग सुरक्षित भेटिएको सेचेनोभ विश्वविद्यालयले दावी गरेको हो । स्थानीय मिडियाका अनुसार विश्वविद्यालयका स्वयंसेवकहरुमा उक्त खोपको परीक्षण गरिएको थियो ।
खोप दिइएपछि ती स्वयंसेवकहरुलाई एक साताभित्र डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ ।