ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण

ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण

एजेन्सी २८ असार। बच्चन परिवारका अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भए पछि सबै परिवारको पिसिआर टेस्ट गरिएको थियो। अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। यसअघि बच्चन परिवारका अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो। अमिताभकी धर्म पत्नी जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको तोपेले जानकारी दिएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार अमिताभको अवस्था स्थिर भए पनि श्वासप्रश्वासमा थोरै समस्या देखिएको छ।

अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ।



ट्रेन्डिङ