यथास्थितिमा एमसीसी पास गराउन हुदैन:जनता समाजवादी पार्टी नेपाल

यथास्थितिमा एमसीसी पास गराउन हुदैन:जनता समाजवादी पार्टी नेपाल

काठमाडौं २८ असार। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आफ्नो धारणा सार्वजनिक गरेको छ ।एससीसीको बारेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद भइरहेको बेला जसपाले आफ्नो सुझावसहित धारणा सार्वजनिक गरेको हो ।

पार्टी एकीकरण भएपछि जसपा नेपालले आफ्नो प्रवास सङ्गठनमार्फत यधारणा सार्वजनिक गर्दै यथास्थितिमा एमसीसी पास गराउन नहुने सुझाव सरकारलाई दिएको छ । यो संगठनले एमसीसीका बारेमा अध्ययन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

संगठनका इन्चार्ज आङकाजी शेर्पाले भने ‘एमसीसी सम्झौताका शर्तहरु गम्भीर प्रकृतिका रहेको तथा यसमा उल्लेखित शर्तहरु हेर्दा यो भित्र लुट, अझ भित्र उपनिवेश र बाहिर आर्थिक सहयोगजस्तो देखिने भएकाले यो यथास्थितिमा पास गर्न हुदैन’ ।कार्यदलले अध्ययन गरेको प्रतिवेदन सरकारलाई मेलमार्फत पठाइएको इन्चार्ज शेर्पाले बताए ।

एमसीसी ईष्ट ईण्डिया कम्पनीजस्तै रहेको निष्कर्ष निकाल्दै प्रवास संगठनले सरकारलाई एमसीसी सम्झौता बारेमा पाँच सुझाव दिएको छ ।

नेपालले जुनसुकै देशसँग सहयोग, अनुदान सक्ने भएपनि राष्ट्रियता र स्वधीनतामा आँच आउने खालको शर्तहरु राखेर सहयोग लिन र सहकार्य गर्न नसकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।



ट्रेन्डिङ