२४ घण्टामा भारतमा कोरोनाका २८ हजार ६३७ नयाँ संक्रमित थपिए

२४ घण्टामा भारतमा कोरोनाका २८ हजार ६३७ नयाँ संक्रमित थपिए

चितवन २८ असार। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड–१९) का २८ हजार ६३७ नयाँ संक्रमित थपिएका छन् ।

भारतमा एकैदिन थपिएका अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो ।

यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८ लाख ४९ हजार ५५३ पुगेका हुन् ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ५५१ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २२ हजार ६७४ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका पाँच लाख ३४ हजार ६२१ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।



ट्रेन्डिङ