सुर्खेतमा एक थुनुवामा कोरोना भाइरस संक्रमण

सुर्खेतमा एक थुनुवामा कोरोना भाइरस संक्रमण

सुर्खेत २८ असार। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार थुनुवा बलत्कार आरोपमा पक्राउ परेका थिए। उनलाई आरडीटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखिएको डीएसपी घर्तीले जानकारी दिए।

हिरासतमा रहेका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदातलको आदेस अनुसार २० गते उनको स्वाब संकलन गरिएको थियो। पीसीआर परीक्षणमा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्ष सिल गरिएको घर्तीले जानकारी दिए ।

वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा असार १४ गते पक्राउ परेका थिए ।

उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ । उनको सम्पर्कमा रहेका आफन्त तथा प्रहरीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागी पठाइएको छ ।



ट्रेन्डिङ