हार्दिक पटेल बने कांग्रेसको गुजरातको कार्यकारी अध्यक्ष

हार्दिक पटेल बने कांग्रेसको गुजरातको कार्यकारी अध्यक्ष

एजेन्सी २८ असार । पटेल समुदायको आन्दोलनमा नेतृत्वदाहि भूमिका खेलेका हार्दिक पटेल कांग्रेसको गुजरातको कार्यकारी अध्यक्ष बनेका छन् ।पाटीदार अनामत आन्दोलनका नेता हार्दिक पटेल कांग्रेसको गुजरातको कार्यकारी अध्यक्ष बनेका हुन्।

हार्दिक पटेलको उमेर अहिले भर्खर २६ वर्ष पुगेको छ ।कांग्रेसमा प्रवेश गरेको केवल १६ महिनामा हार्दिक गुजरातको पार्टी अध्यक्ष बनेका हुन् ।हार्दिक सन् २०१९ को लोकसभा निर्वाचनको क्रममा कांग्रेसमा प्रवेश गरेका थिए ।

अखिल भारतीय कांग्रेस कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई गुजरातको कार्यकारी अध्यक्ष घोषणा गरेको थियो । विज्ञप्तिमा उनलाई पार्टीको गुजरात अध्यक्ष बनाउन माग उठिरहेको कारण उक्त प्रस्ताव स्वीकृत गरिएको उल्लेख छ । पछिल्लो केही समयदेखि हार्दिक कांग्रेसमा सक्रिय रहँदै आएका छन् ।

सन् २०१५ मा भएको हिंसामा हार्दिक दोषी रहेको पाइएको थियो । जसका कारण उनले सन् २०१९ मा भएको लोक सभाको निर्वाचनमा उठ्न पाएका थिएनन् ।

 



ट्रेन्डिङ