इन्द्रावती नदीमा तीन जना बेपत्ता

इन्द्रावती नदीमा तीन जना बेपत्ता

काभ्रेपलाञ्चोक २८ असार। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्। इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन्।

वडाध्यक्ष विष्णु नेपालका अनुसार शनिबार साँझ मण्डनदेउपुर नपा–१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएका हुन् । उनका अनुसार शुक्रबार दिउँसो स्थानीय दीपक नेपालीका १२ वर्षीय छोरा अभिषेक इन्द्रावती नदीमा बेपत्ता भएका हुन्। अभिषेक साथीसँगै नदी तर्ने क्रममा बेपत्ता भएका हुन्।



ट्रेन्डिङ