संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता

संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता

चितवन २८ असार। अविरल वर्षासँगै गएराती संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन्। तीन जनाको जिवितै उद्दार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लका अनुसार सिलिचोङ गाउँपालिका वडा नम्बर एक बेसिन्दामा भीम बहादुर राईसहित आठ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका हुन्। उनका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

घटनास्थल विकट स्थानमा रहेको र पानी पर्ने क्रम नरोकिएकाले बिच बाटोमा स–साना पहिरो झरेकोले उद्दारका लागि गएको टोलीलाई सिलिचोङ तर्फ जान पुग्न समस्या परेको डीएसपीले मल्लले बताए।



ट्रेन्डिङ