बच्चन परिवारमा कोरोना संक्रमण:बाबु-छोरो संक्रमित,सासु-बुहारीमा देखिएन कोरोना

बच्चन परिवारमा कोरोना संक्रमण:बाबु-छोरो संक्रमित,सासु-बुहारीमा देखिएन कोरोना

एजेन्सी २८ असार। बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरो अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अमिताभ बच्चनलाइ कोरोना संक्रमण देखिए पछि उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो ।यसैक्रममा उनका छोरा एवम नायक अभिषेक बच्चनलाइ पनि संक्रमण देखिएको हो।

कोरोना पोजिटिभ भएको पाइएपछि उनीहरुलाई शनिबार राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।

अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको परीक्षण गरिएकोमा ऐश्वर्या र जयाको रिपोर्ट भने नेगेटिभ आएको हो। परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट भने आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।



ट्रेन्डिङ