बबई नदीमा दाउरा संकलन गर्न गएका दुई जना नदीमा बगेर वेपत्ता

बबई नदीमा दाउरा संकलन गर्न गएका दुई जना नदीमा बगेर वेपत्ता

बर्दिया २८ असार। बर्दियाको बबई नदीमा बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न गएका दुई जना बगेर वेपत्ता भएका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ बग्नाहका २५ वर्षीय जितबहादुर थारु र २६ वर्षीया राजकुमारी थारु बबईको बाढीमा बगेर बेपत्ता भएका हुन् । जितबहादुर र राजकुमारी श्रीमान–श्रीमती हुन् ।

शनिबार नदीले बगाएर ल्याएको दाउरा टिप्न गएका दुवै जनालाई बाढीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुवै जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ



ट्रेन्डिङ