खैरहनीकाे कृषि सहकारीले चर्काे मूल्यमा मल विक्री गर्दै

खैरहनीकाे कृषि  सहकारीले चर्काे मूल्यमा मल विक्री गर्दै

खैरहनी २७ असार । जारी लक डाउनका कारण मलकाे अभाव झेल्ददै आएका किसानलाई खैरहनीकाे एक कृषि सहकारीले महगोंं मूल्यमा मल विक्री वितरण गर्दै आएको छ । कृषकलाई अभाव परेको बेला सहुलियत मूल्यमा दिनुकाे साटाे चर्काे मूल्य तिरेेे खरिद गर्नुपरेकाे छ ।   नगरपालिका वडा नम्बर १ मा रहेको ज्यामिरे कृषि सहकारी संस्था लिमिटेडले युरिया मल महँगो मूल्यमा बिक्री गरेको हो । सामान्यतया युरिया मल प्रतिकिलो २० रुपैयाँमा बिक्री गरिने गरेतापनि ज्यामिरेको सहकारीले २५ रुपैयाँ प्रति किलोमा मल बिक्री गरेको छ । यसरी सहकारीले नै महँगोमा मल बिक्री गरेपछि किसानहरु मर्कामा पर्न थालेको छ ।

अभावको बेला मल बिक्री गरेर किसानलाई केहि सहजता बनाएपनि सरकारले अनुदान दिएको मलमा समेत सहकारीले अन्य व्यवसायी जस्तो धेरै नाफा राखेको भन्दै किसानले असन्तुष्टि व्यक्त गरेका छन् । मल अभाव हुने भएकाले संस्थाले चैतमा नै कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल ल्याएर स्टोर गरेको थियो । मल ढुवानी तथा भण्डारण खर्च जोडेर मल बिक्री गरेको संस्थाका उपाध्यक्ष हिरा भुषालले बताए । मल जहिले ल्याएर भण्डारण गरेतापनि महंगो मूल्यमा बिक्री वितरण गर्न नपाइने भन्दै यसबिषयमा नगरपालिकाले छानविन गर्ने खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले बताए । यसरी कृषकहरूका लागि स्थापना गरिएको कृषि सहकारीले नै महगाें मूल्य लिएर कृषकलाई ठगिगर्दै आएकाे कृषकहरूकाे आराेप छ ।



ट्रेन्डिङ