अबैध रूपमा मृगौला प्रत्यारोपण गरेको आराेपमा भरतपुरवाट चारजना चिकित्सक पक्राउ

अबैध रूपमा मृगौला प्रत्यारोपण गरेको आराेपमा भरतपुरवाट चारजना चिकित्सक पक्राउ

चितवन २७ असार । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले चितवनको भरतपुरवाट चारजना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने चारैजना पुरानो मेडिकल कलेजका चिकित्सकहरू हुन । उनिहरूकाे बारेमा  भाेलि मात्रै पत्रकार सम्मेलन गरेर आधिकारिक रूपमा जानकारी दिने जनाएको छ ।

पक्राउ पर्नेमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा. राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती,  डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यलय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले नि पक्राउ परेका छन् ।

कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए । त्यसको अनुसन्धानका क्रममा प्रहरीको अपराध अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।



ट्रेन्डिङ