माडीमा दिर्घकालिन परिवर्तन ल्याउने सपना छः अध्यक्ष दाहाल

माडीमा दिर्घकालिन परिवर्तन ल्याउने सपना छः अध्यक्ष दाहाल

पिविएम न्यूज
चितवन २७ असार । पूर्व प्रधानमन्त्री एवम नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीमा दिर्घकालिन परिवर्तन ल्याउने आफ्नो सपना रहेको बताएका छन् । बाढी डुबान र नदी कटान क्षेत्रको निरीक्षणगर्न माडी पुगेका दाहालले बसन्तपुर बजारमा आयोजना गरिएको सभालाई संवोधन गर्दै अध्यक्ष दाहालले चितवन राष्ट्रिय निकुञ्जको ऐन संशोधन गरेर आकासेपुल बनाएर रिङ रोड बनाउने आफ्नो सपना रहेको बताए । रिङरोड सँगै तटबन्ध सहित रिउकोरिडोर गरेर जंगली जनावरबाट जोगाउने गरी आफ्नो पाँचवर्षे कार्यकाल पुरागर्न पाए हामी सबैकालागि निकै ठूलो गौरबको कुरा हुने अध्यक्ष दाहालले बताए ।

विस्तारै आफ्नो सपनाहरु पुरा हुँदै गएको बताउँदै अध्यक्ष दाहालले माडीबासीलाई दिर्घकालिन विकास आफ्नै पालामा हुने प्रतिवद्धता जनाए । अन्यजनप्रतिनिधि जस्तै एकदुईवटा बाटो बनाएर उम्किन नमिल्ने दायित्वलाई आफुले बोध गरेको बताए । माडीका आधारभूत समस्याहरु, पूर्वाधार विकासका बाटोघाटो, पुलपुलैसा सँगै विद्युतको समस्या र निकुञ्जको कारण भोग्नुपरेको समस्या र रोजगारीको वातावरण बनाउने पक्षमा आफ्नो ध्यान केन्द्रीत रहेको अध्यक्ष दाहालले स्पष्ट पारे । माडीबाट निर्वाचित भएदेखि नै मोटामोटी काम गरेर मलाई उम्कने छुट छैन भन्ने मलाई राम्रो ज्ञान छ अध्यक्ष दाहालले भने । पार्टी अध्यक्ष र दुईदुईचोटी प्रधानमन्त्री भएको अनुभवले पनि मलाई माडीको विकासका लागि गम्भिर भएर लाग्नुपर्ने बाध्यता रहेको सुनाए ।

मेरो ध्यान पूर्वाधार विकासमा केहि महत्वपूर्ण काम होस भन्नेमा छ उनले थपे । निकुञ्जमा आकासे पुल बनाउने परिकल्पना चुनावको बेला गरेको हुँ । पार्टी भित्र र सरकारसँग पनि यो विषयमा पटक पटक छलफल भइरहेको छ । अहिले आकासेपुल निर्माणका लागि अध्ययन र डिपिआर निर्माणका लागि मात्रै एककरोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । यो पुल बनाउने बजेट होइन अध्यक्ष दाहालले भने अध्ययन र डिपिआरको लागि मात्रै हो । यो सँगै दिर्घकालिन रणनैतिक काम अगाडी बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको २०२९ सालको ऐनले विकास निर्माणको काममा समस्या पारेकोले यसको संशोधन गराउने प्रयासमा आफु लागि परेको जानकारी दिए । संशोधन नभए सम्म हुँदैन, संशोधन गर्ने विषयमा मेरो ध्यान केन्द्रीत छ अध्यक्ष दाहालले भने ।

२३ किलोमिटरको दुरीमा १२ वटा पक्की पुल बनाउनुपर्ने छ भन्दै अध्यक्ष दाहालले यसको काम पनि अघि बढेको जानकारी दिए । रिउखोलोको कोरिडोरका लागि प्रदेशवाट बजेट परेको छ बताए । यस्तै माडीका ठाडा खोलको तटबन्ध सँगै कृषि, स्वास्थ्यको पक्षमा आफु लागिपरेको बताए । आफुहरुको कार्यकाल दुईढाई वर्ष मात्रै बाँकी रहेको जानकारी दिँदै अध्यक्ष दाहालले माडीबासीले भविष्यमा समेत सम्झिने गरी एकीकृत योजना बनाउने पक्षमा आफु लागेको बताए ।

अध्यक्ष दाहाले बाँदरझुलाको सुकुम्वासी समस्याका लागि अहिलेको सरकार र पार्टी पनि गम्भिर भएको जानकारी दिए । बाँदरझुला बस्तीलाई कि अन्य ठाउँको जस्तो सुविधा दिनुपर्यो, कि बस्ती स्थानान्तरण गर्नुपर्यो, यो विषयमा भूमि सुधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए । अहिले सुकुम्बासी आयोग समेत बनेको छ । र छिट्टै दीर्घकालिन रुपमा समस्याको अन्त्यहुने विश्वास व्यक्त गरे । माडीका निम्न वर्गका मानिसका लागि ६ सय घरघुरीलाई जनता आवास कार्यक्रम अन्तर्गत घर बनाउने योजना रहेको समेत अध्यक्ष दाहालले बताए । संवोधन अघि अध्यक्ष दाहालले बाढीका कारण मृत्युभएको व्यक्तिको परिवार र वेपत्ता रहेको मर्दनिया परिवारलाई समेत भेटघाट गरेका छन् ।



ट्रेन्डिङ