नदीमा बगेर दुई जना किशोर बेपत्ता

नदीमा बगेर दुई जना किशोर बेपत्ता

बझाङ २७ असार। बझाङमा नदीमा बगेर दुई जना किशोर बेपत्ता भएका छन्।

शुक्रबार साँझ पौने सात बजेति बझाङको कालंगा नदीमा जालले माछा मार्ने क्रममा केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ जडिबगरका वर्ष १४ का जगत अधिकारी बेपत्ता भएका थिए।

यस्तै, शनिबार दिउँसो २ बजेतिर सोही नदीमा केदारस्यूँ कै वडा नम्बर १ रायलका वर्ष १३ का रोशन दमाई पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए।

प्रशासनबाट विपदका बेला सावधानी अपनाउन सूचना गरिएको उनले बताए।



ट्रेन्डिङ