माडी पुगेका अध्यक्ष दाहालले बाढीले वेपत्ता र मृत्युभएका परिवारलाई भेटघाट गरे

माडी पुगेका अध्यक्ष दाहालले बाढीले वेपत्ता र मृत्युभएका परिवारलाई भेटघाट गरे

पिविएम न्यूज
चितवन २७ असार । बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न माडी पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीले बगाएर वेपत्ता भएका रामसिंह मर्दनियाको परिवारलाई भेटघाट गरेका छन् । माडी नगरपालिकाको वडा नं. ५ घर भएका रामसिंह मर्दनिया हिजोदेखि वेपत्ता छन् ।

अध्यक्ष दाहालले वेपत्ता व्यक्तिको खोजिकार्यलाई तीब्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले वेपत्ता मर्दनियाको परिवारलाई तत्काल राहतका लागि निर्देशन समेत दिएका छन् । यसैगरी पूर्व प्रधामन्त्री दाहालले रिमाल खोलाले बगाएर मृत्युभएको फुर्रवा सिग्गी तामाङको परिवारलाई समेत भेटघाट गरेका छन् । माडी वडा नं. ८ का फुर्रवा सिग्गी तामाङ घर नजिकैको खोला तर्ने क्रममा बगाएर मृत्युभएको थियो । उनको शव रिउँखोलामा भेटिएको थियो । अध्यक्ष दाहालले मृतकका परिवार सुकुम्वासी हुन ।

उनीहरु केहि महिना अघि मात्रै अरुवस्तीबाट बसाईसरेर सो टोलामा आएका थिए । अध्यक्ष दाहालले मृतक परिवारका लागि आवास निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । तत्कालका लागि आवश्यक राहतका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । यस अघि दाहालले भरतपुरका विभिन्न बाढी प्रभावित र नदि कडान क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

 



ट्रेन्डिङ