कर्मचारीलाई काममा लगाउनु अगाडि अनिवार्य ज्वरो परीक्षण गर्नुपर्ने

कर्मचारीलाई काममा लगाउनु अगाडि अनिवार्य ज्वरो परीक्षण गर्नुपर्ने

काठमाडौं २७ असार। कार्यालयमा वा रोजगार दाताले कर्मचारीलाई काममा लगाउनुभन्दा अगाडि अनिवार्य ज्वरो परीक्षण गराउनलाई स्वास्थ्य मन्त्रालये आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कार्यालयमा काम सुरु हुनुभन्दा अगाडि अनिवार्य ज्वरो परीक्षण गर्नुपर्ने स्वास्थ्य बताए।

दैनिक हाजिरी गर्ने कार्यालयमा फेस रिडिङ राखेर गर्नुपर्ने सम्भव नभएमा सुपरिवेक्षकको अभिलेख राख्ने व्यवस्था मिलाउनलाई उनले आग्रह गरे।

१०० दशमलव ४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम आएमा काममा नलगाउन उनले बताए। उनले सबै किसिमका भेटहरुमा २ मिटर ५ फिटको दूरी कायम गर्नुपर्ने उनको भनाइ छ। घरबाहिर निस्कँदा तीन तहको सर्जिकल मास्क अनिवार्य प्रयोग गर्नलाई सुझाए।



ट्रेन्डिङ