जाजरकोट पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला

जाजरकोट पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला

जाजरकोट २७ असार। जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएको पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ।

अहिलेसम्म मृतकको संख्या नौ पुगेको छ। पहिरोले दुई घर बगाउँदा २ जनासहित १२ जना बेपत्ता भएका थिए।

पहिरोमा परी बेपत्ता ३८ वर्षीय कलु सार्की र उनका ६ वर्षीय छोरा सभास सार्कीको शव फेला परेको हो।

पहिरोमा बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षका छोरा अर्जुन सार्की र त्यस्तै कलु सार्कीको घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १८ वर्षका विरेन्द्र सार्की र कलु सार्कीकी १४ वर्षीया छोरी तिर्सा सार्कीको पनि शव पहिचान भइसकेको थियो। उक्त पहिरोमा पुरिएर अझै तीन जना हराइरहेका छन्।



ट्रेन्डिङ