कोरोना भाइरसको संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि

कोरोना भाइरसको संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं २७ असार। नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार काठमाडौंमा थप तीन जनाको मृत्यु भएको हो। योसँगै मृतकको संख्या ३८ पुगेको छ।

गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो।

नेपालमा विगत २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।



ट्रेन्डिङ