२४ घन्टामा ७० जना कोरोना संक्रमित थपिए

२४ घन्टामा ७० जना कोरोना संक्रमित थपिए

काठमाडौं २७ असार। नेपालमा पछिल्लो २४ घन्टामा ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ७० जनामा पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ४ सय ३१ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ८ हजार ४ सय ४२ जना डिस्चार्ज भएका छन् ।



ट्रेन्डिङ